• होमपेज
  • समाचार
  • अहिलेको निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसरः नेता निधि

अहिलेको निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसरः नेता निधि

  • सोमवार, भदौ २६, २०७४
अहिलेको निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसरः नेता निधि

जनकपुरधाम, भदौ २६–

नेपाली काँगे्रसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताउनुभएको छ ।

नेपाली काँगे्रसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राख्नुभयो ।

प्रदेश नं २ मा काँगे्रसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाउनुभयो ।

काँगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँगे्रसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भन्नुभयो ।

उहाँले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा