• होमपेज
  • समाचार
  • ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैंं अगाडि वितरण गरिने

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैंं अगाडि वितरण गरिने

  • सोमवार, भदौ २६, २०७४
‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैंं अगाडि वितरण गरिने

काठमाडौँ, भदौ २६–

प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने भएको छ ।

नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो ।

बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिनुभयो ।

चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि