• होमपेज
  • समाचार
  • चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

  • सोमवार, भदौ २६, २०७४
चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

काठमाडौं, भदौं २६–

भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ। यो खबर केदार दाहालले आजको कारोबारमा लेखेका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्यायन प्राधिकरण र चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनबीच भएको सहमति अनुसार ३५ प्रतिशत काम नभए ठेक्का सम्झौता तोडिने भएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए।

चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार