• होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

  • आइतवार, भदौ २५, २०७४
प्रधानमन्त्री देउवा शीर्ष नेतालाई लिएर मधेस जाने

काठमाडौं, भदौ २५ –

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार मधेस जाने भएका छन् । प्रधानमन्त्री देउवा कांग्रेसका चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जान लागेका हन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टीका शीर्ष नेताहरुको साथ जाने निश्चित गरेको कांग्रेसले बताएकोे छ । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मधेसको चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश २ का १ सय ३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।

२७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ भने २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्ने कांग्रेसले जानकारी दिएको छ । त्यस्तै कांग्रेसका अनुसार २९ गते १ बजे सर्लाही, ४ बजे रौतहटमा र ३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री देउवा भने मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने बताइएकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार