• होमपेज
  • समाचार
  • चितवनमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु

  • बिहिबार, भदौ २२, २०७४
चितवनमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु

चितवन, भदौ २२–

पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१० शान्तिबजारको भित्री सडकखण्डमा ना ६ ख २३८९ नंको ट्रकले ना २० प ६८ नंको स्कूटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार