• होमपेज
  • समाचार
  • सिंहदरबारले स्थानीय तह कब्जा गर्‍यो: नेता त्रिपाठी

सिंहदरबारले स्थानीय तह कब्जा गर्‍यो: नेता त्रिपाठी

  • बिहिबार, भदौ २२, २०७४
सिंहदरबारले स्थानीय तह कब्जा गर्‍यो: नेता त्रिपाठी

परासी, भदौं २२–

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गर्नु भएको छ । लामो समयको स्थानीय तहको चुनावले घरघरमा सिंहदरबार भन्ने नारालाई अन्य पार्टीले चर्चा चलाईरहेकै बेला नेता त्रिपाठीले ठिक बिपरीत धुर्वबाट त्यस्को आलोचना गर्नु भएको छ ।

गृहजिल्ला नवलपरासीको बेलाटारीमा राजपा क्षेत्र नं.६ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले यस्तो बिचार ब्यक्त गर्नु भएको हो । हरेक स्थानीय तहमा खटिने कर्मचारी नियुक्ति, सरुवा तथा बढुवाका लागि सिंहदरबारकै हात रहेको उहाँले बताउनु भयो ।

आलोचित हुने अधिकारहरु मात्रै निर्वाचित प्रतिनिधिलाई दिईएको भन्दै नेता त्रिपाठीले ‘गाउँघरको अधिकार सिंहदरबार’ भन्ने नाराले सर्वसाधरणमा भ्रम मात्र छरेको आरोप लगाउनु भयो । कार्यक्रममा उहाँले ६ दल एकिकरण भई राजपा नेपाल बनेपनि एकिकृत हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

फोरम लोकतान्त्रिकबाट विजयी बनेका वडाध्यक्ष राजपामा प्रवेश

कार्यक्रममा प्रतापपुर गाउँपालिका–४ का वडाध्यक्ष जन्त्रीप्रसाद बरई (चौरसीया) सहित अन्य पार्टीका केही कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । वडाध्यक्ष बरई प्रतापपुर–४ मा नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिई बिजयी बन्नु भएको थियो ।

स्थानीय तहको चुनावमा वडाध्यक्ष बरईले ६७६ मत प्राप्त गर्नु भएको थियो । यस्तै सो वडामा कांग्रेसका बन्धु बरईले ४६९, माओबादीका मनोज कुमारले २७९ र एमालेबाट बागमनी देवी मल्ले ४९ मत प्राप्त गर्नु भएको थियो । राजपाका क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु शुबहान अलि अन्सारी, पुरन चौधरी, रामअवतार कोईरी, राजपाका जिल्ला नेता मुकुर्जी गिरीलगायतले अगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा राजपालाई जिताउनका लागि रणनितिक योजनाका साथ लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार