• होमपेज
  • समाचार
  • पटक–पटक विद्युत् कटौती हुँदा गैंडाकोटबासी हैरान

पटक–पटक विद्युत् कटौती हुँदा गैंडाकोटबासी हैरान

  • बिहिबार, भदौ २२, २०७४
पटक–पटक विद्युत् कटौती हुँदा गैंडाकोटबासी हैरान

प्रकाश सिग्देल,

गैंडाकोट, भदौं २२–

नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाको लापरबाहिका कारण गैंडाकोटका स्थानीय तथा उद्योगीहरुले दुःख पाएका छन् । विद्युतको समस्याका कारण यो क्षेत्रका उद्योगहरुमा ठूलो क्षति भईरहेको उद्योगीहरु बताउँछन् ।

दैनिक दजनौ पटक–पटक विद्युत काटिने, भोल्टेज घटबढ हुने कारणले गर्दा विद्युतीय उपकरणहरुमा ठूलो क्षती हुँदा दैनिक लाखौ रुपैयाँ नोक्सान हुने गरेको उद्योग बाणिज्य संघ गैंडाकोटका उपाधयक्ष दिपक सापकोटाले बताउनु भयो । बिना सूचना लाईन जाने आउने गर्दा उद्योगीहरु ठूलो मारमा परेको उहाँको भनाई छ । घण्टौं लगाएर तताउनु पर्ने मेसिनहरु नतात्दै पुनः लाईन जाने र फेरी मेसिन चलाउन घण्टौं कुर्नुपर्ने अवस्था हुँदा काम गर्न समेत नपाएको उहाँले दुखेसो पोख्नुभयो । गैंडाकोट क्षेत्रमा मात्रै करिव ४० उद्योगहरु रहेका छन् ।

प्राधिकरणका कर्मचारी जवाफदेही र यो विषयमा गम्भिर नबन्दा उद्योगीले ठूलो घाट सहनु परेको उहाँको भनाई छ । त्यस्तै गैंडाकोट क्षेत्रमा रहेका ८ हजार भन्दा बढि ग्राहकहरुको पिडा पनि उस्तै छ । लोडसेडिङको अन्त्य भनिए पनि पटक–पटक लाईन जाने र कम भोल्टेज आउँदा आफुहरुलाई ठूलो समस्या भएको गैंडाकोट–४ झपर्दीकी कमला रिजालले बताउनु भयो । गैंडाकोटको विद्युत भोल्टेजको समस्या समाधान गर्न प्राधिकरणलाई पटक–पटक आग्रह गरेपनि प्राधिकरणले सुनुवाई नगरेको नगरबासीहरु बताउँछन् ।

यता विद्युत प्राधिकरण गैंडाकोट शाखाका प्राबिधिक प्रमुख सुजन रिजालले मुकुन्दपुरको इस्टेसनबाट ११ हजार भोल्ट सप्लाई भएको र बीचमा केही समस्या आए त्यही बन्द गर्नु पर्ने अवस्था हुँदा गैंडाकोट क्षेत्रमा विद्युत् कटौती हुने गरेको बताउनुभयो । भोल्टेजको समस्या समाधान गर्न ४ वटा २०० केभीए, ४ वटा १०० केभिएको टान्सफर्मरको माग गरेको र त्यो जडान गरेसंगै समस्या समाधान हुने उहाँले बताउनु भयो । उहाँका अनुसार ८ वटा मध्य १ वटा आईसकेको र त्यो भृकुटी चोकमा जडान गरिएको, बाँकि आउने मध्य झपर्दी, गैरी कालिगण्डकी चोक र भृकुटी चोकमा, बालबिकास चोक, सहज अगाढी, ओमशान्ती चोकलगायतका ठाउँमा जडान गरिनेछ ।

त्यस्तै कार्यालयले तार फेर्ने र क्षमता बिस्तार गर्ने काम पनि गरेकाले यो आर्थीक वर्ष भित्रमा सबै समस्या समाधान हुने उहाँले दाबी गर्नुभयो । आफुहरुकोमा प्राबिधिक कमी भएरपनि जनचाहाना अनुरुप काम गर्न असक्षम भएको भन्दै आगामी दिनमा कम्जोरी सुधार गर्देै लगिने बताउनु भयो । गैंडाकोटमा अहिले पनि मासिक एक सय वटा मिटर जडानका निबेदनहरु कार्यालयमा पर्ने गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार