• होमपेज
  • समाचार
  • प्रदेश नं. २ मा माओवादीले नवप्रवेशीलाई प्राथमिकता दियो

प्रदेश नं. २ मा माओवादीले नवप्रवेशीलाई प्राथमिकता दियो

  • बिहिबार, भदौ २२, २०७४
प्रदेश नं. २ मा माओवादीले नवप्रवेशीलाई प्राथमिकता दियो

काठमाडौं, भदौं २२–

माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ ।

माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ । यो खबर वीरेन्द्र ओलीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रवेश गरेकै दिन उम्मेदवार बनेका तीन नेता

बुधबार उम्मेदवारी दर्ता गर्नुभन्दा केही घन्टाअघि प्रवेश गरेका तीनजनालाई माओवादीले उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ ।

पछिल्लो एक महिनामा प्रवेश गरेर टिकट पाउने ८ नेता

माओवादीले एक महिनायता पार्टी प्रवेश गर्ने आठजनालाई उम्मेदवार बनाएको छ । सद्भावना पार्टीबाट प्रवेश गरेका अनिस अन्सारीलाई सप्तरीको राजविराज नगरपालिकाको मेयरमा टिकट दिएको छ । एमालेबाट प्रवेश गरेका राजनारायण चौधरी महोत्तरीको भङगाह नगरपालिकाको मेयरमा, राजपाबाट प्रवेश गरेका शेख मोत्तिनलाई बाराको सिमरौनगढ नगरपालिकाको मेयरमा, कांग्रेसबाट प्रवेश गरेका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ ।

राजपाबाट प्रवेश गरेका चेतनारायण महतोलाई सर्लाहीको बगरगन्ज गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाटै माओवादीमा प्रवेश गरेका रामबाबु साहले सर्लाहीको हरपरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट प्रवेश गरेका खड्कनारायण चौधरीले पनि सिरहाको लहान नगरपालिकाको मेयरको टिकट पाएका छन् । एमालेबाटै प्रवेश गरेका ठक्कु महतोले अर्नमा गाउँपालिकाको अध्यक्षको टिकट पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार