• होमपेज
  • समाचार
  • ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक (भिडियो)

‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक (भिडियो)

  • बुधबार, भदौ २१, २०७४
‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ,भदौ २१

बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार साँझ चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो । दिपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा २’को ट्रेलरमा हास्यसँग युवा पुस्ताले सोच्ने समाजलाई चित्रण गर्ने खोजिएको छ ।

ट्रेलरमा नायिका बर्षा राउतलाई फरक लुक्समा देखाइएको छ । आमा सरस्वती मुभिज ब्यानरबाट बनेको चलचित्र छक्का पञ्जा २ गत बर्षको छक्का पञ्जा को सिक्वेल हो । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल , केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार दिपकराज गिरी चलचित्रका निर्माता हुन् भने बिकाश राज आचार्य कार्यकारी निर्माता हुन् ।

भिडियो :-

Facebook Comments

सम्बन्धित समाचार