• होमपेज
  • मनोरञ्जन
  • नेपाल आइडलको भोट पर्सिसम्म नगन्न अदालतको अन्तरिम आदेश

नेपाल आइडलको भोट पर्सिसम्म नगन्न अदालतको अन्तरिम आदेश

  • बुधबार, भदौ २१, २०७४
नेपाल आइडलको भोट पर्सिसम्म नगन्न अदालतको अन्तरिम आदेश

काठमाडौं, भाद्र २१ –

जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गरायो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे । रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।

साथै त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । रियालिटी शो नेपाल आइडलले भने कोही पनि नबाहिरिने पूर्व निर्धारित कार्यक्रम नै भएको दाबी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि