• होमपेज
  • समाचार
  • उम्मेदवारी दर्ताका क्रममा रौतहटमा एमाले–माओवादी झडप

उम्मेदवारी दर्ताका क्रममा रौतहटमा एमाले–माओवादी झडप

  • बुधबार, भदौ २१, २०७४
उम्मेदवारी दर्ताका क्रममा रौतहटमा एमाले–माओवादी झडप

रौतहट,भदौ २१ –

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने क्रममा रौतहटको देवही जोगही नगरपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । उम्मेदवार मनोनयन गर्न र्यालीसहित पुगेका दुवै पार्टीका कार्यकर्ता आमनेसामने भएपछि झडप भएको हो ।

झडपका कारण एक महिलासहित एक दर्जन घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैतर्फका कार्यकर्ता आमनेसामने भएपछि विवाद बढ्दै जाँदा झडपको रुप लिएपनि अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर मनोनयनको प्रक्रिया शुरु गरिएको इलाका प्रहरी कार्यलयका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुरले जनाएका छन् ।

रौतहटमा १६ नगरपालिकासहित २ गाउँपालिकामा असोज २ गते निर्वाचन हुँदैछ । जहाँ ८२१ जनप्रतिनिधि छान्न २७७ मतदानस्थल र ४३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार