• होमपेज
  • समाचार
  • नेपाल फर्किन दुई दिनमात्रै बाँकी रहँदा कोरियामा नेपालीले आत्महत्या गरे

नेपाल फर्किन दुई दिनमात्रै बाँकी रहँदा कोरियामा नेपालीले आत्महत्या गरे

  • बुधबार, भदौ २१, २०७४
नेपाल फर्किन दुई दिनमात्रै बाँकी रहँदा कोरियामा नेपालीले आत्महत्या गरे

काठमाडौं, भदौ २१ –

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक युवाले आत्महत्या गरेका छन् । भिसा अवधि सकिएर नेपाल फर्कन दुई दिन मात्रै बाँकी रहँदा डोटीस्थित बडिकेदार गाउँपालिका २ का नर बहादुर भाट क्षेत्रीले हुन् ।

चार वर्ष १० महिना अघि कृषि कामका लागि दक्षिण कोरिया पुगेका क्षेत्री पर्यटकीय क्षेत्र जेजु आईल्याण्डमा कार्यरत थिए । उनको शब घरको छतको बिममा झुण्डिएको अवस्थामा भेटिएको थियो भने अहिले शब ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको सोलस्थित नेपाली दूतबासले जनाएको छ ।

३२ वर्षिय क्षेत्रीका परिवारलाई घटनाबारे जानकारी गराईएको पनि दुतावासले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार