• होमपेज
  • अर्थ/वाणिज्य
  • सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

  • बुधबार, भदौ २१, २०७४
सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ,भदौ २१ –

सुनको मूल्य बुधबार साढे ५७ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनभन्दा यो मूल्य २ सय रुपैयाँ महँगो हो।

ठीक एक महिनाअघि प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एक महिनामै ३ हजार १ सय रुपैयाँले महँगिएको छ। सुन महँगिनुको प्रमुख कारण उत्तर कोरियाको त्रासका कारण पछिल्लो समय विश्वका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य महँगिएको हो।

त्यस्तै चाँदी प्रतितोला ७९० पुगेको छ। अघिल्लो दिनको तुलनामा यस दिन चाँदी भने बढेको छैन। एक महिनाअघि चाँदीको मूल्य तोलामा ७३५ थियो।

Facebook Comments

सम्बन्धित समाचार