• होमपेज
  • समाचार
  • यादवद्धारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट

यादवद्धारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट

  • बुधबार, भदौ २१, २०७४
यादवद्धारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट

गौशाला,भदौ २१ –

आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गर्नुभएको छ ।

राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहनुभएका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उहाँले सो पार्टी परित्याग गर्नुभएको हो ।

उहाँले पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उहाँलाई पार्टी प्रवेश गराउनुभएको छ ।

साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गर्नुहुँदै नेता बादलले उहाँलाई औरही नगरपालिकाको उम्मेदवार बनाउनुहुँदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिनुभएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार