• होमपेज
  • समाचार
  • करोडौं घोटालाको ढाकछोप गर्न खड्काले मन्त्री र सचिवलाई दिए विलासी गाडी

करोडौं घोटालाको ढाकछोप गर्न खड्काले मन्त्री र सचिवलाई दिए विलासी गाडी

  • बुधबार, भदौ २१, २०७४
करोडौं घोटालाको ढाकछोप गर्न खड्काले मन्त्री र सचिवलाई दिए विलासी गाडी

काठमाडौं,भदौं २१-

इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन्। खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन्।

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको बा२झ ३०९१ नम्बरको टोयटा गाडी आपूर्तिमन्त्री र बा२झ १४९९ नम्बरको गाडी सचिवले चढ्दै आएका छन्। खड्काले आफ्नो निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन्। इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गरेका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ। सोही गाडी अहिलेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार