काठमाडौं, भदौं २० –
चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सावर्जनिक भएको छ । मदनकृष्ण श्रेष्ठ र यसोदा सुवेदीको वैवाहिक जीवनको ४४ औं वर्षगाँठका अवसरमा मदनकृष्णको आत्मकथा ,‘महको म’पनि सार्वजनिक भएको हो । राजधानीको एक होटलमा भएको कार्यक्रममा हरिवंश आचार्यले विमोचन गरेका हुन् ।