• होमपेज
  • समाचार
  • शहिद स्मृती कलेजमा लागेको ताला डेढ महिनापछि खुल्यो

शहिद स्मृती कलेजमा लागेको ताला डेढ महिनापछि खुल्यो

  • मङ्लबार, भदौ २०, २०७४
शहिद स्मृती कलेजमा लागेको ताला डेढ महिनापछि खुल्यो

चितवन, भदौं २०–

पूर्वी चितवनको रत्ननगरमा रहेको शहिद स्मृती बहुमुखी क्याम्पसमा डेढ महिनादेखि लागेको ताला खुलेको छ । क्याम्पस प्रशासन र आन्दोलनरत अनेरास्ववियु कमिटिबीच १८ बुँदे सम्झौता भएपछि ताला खुलेको थियो ।

अनेरास्ववियुले विभिन्न माग राख्दै क्याम्पसको प्रशासन शाखा, लेखा शाखा र प्राध्यापकहरुको कक्षमा असार अन्यतिर तालाबन्दी गरेको थियो । जसका कारण क्याम्पस संचालनमा कठिनाई भईरहेको थियो ।

क्याम्पस प्रमुख कुसुमराज सुवेदीले अनेरास्ववियुसंग गत असार २२ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको सूचना माथि आंशिक प्राध्यापकहरुबाट संचालक समितिका अध्यक्षलगायत सदस्यहरुमा ध्यानाकर्षण गराइएकोमा त्यसलाई संचालक समितिको बैठकमा पेश गरिने, क्याम्पसका आंशिक प्राध्यापकहरुलाई पिरियड बाँडफाड गर्दा यस क्याम्पसमा मात्र आवद्ध प्राध्यापकहरुलाई विशेष प्राथमिकता दिईने, क्याम्पसमा पिरियड भार बढ्न गएमा नियुक्तीको आधारमा अवसर प्रदान गरिने सहमती भएको जानकारी दिनुभयो ।

यस्तै अन्य सहमतीहरुमा पुस्तकालयमा प्रयाप्त पुस्तकहरु १५ दिने भित्रमा व्यवस्था गर्ने, बिबिएमका विद्यार्थीका लागि दुई वटा विषयका पुस्तक भर्ना संगसंगै निःशुल्क व्यवस्था गराईने, खेल मैदान र खेल सामाग्री ७ दिन भित्र व्यवस्था गर्नेलगायतका सहमती रहेका छन् ।

सहमती पत्रमा क्याम्पस प्रमुख कुसुमराज सुवेदी र अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार