• होमपेज
  • समाचार
  • पर्सामा आयोगको तयारी अन्तिम चरणमा, उम्मेद्वार प्रचारमा व्यस्त

पर्सामा आयोगको तयारी अन्तिम चरणमा, उम्मेद्वार प्रचारमा व्यस्त

  • मङ्लबार, भदौ २०, २०७४
पर्सामा आयोगको तयारी अन्तिम चरणमा, उम्मेद्वार प्रचारमा व्यस्त

वीरगन्ज,भदौं २०-

तेस्रो चरणमा निर्वाचन हुन गइरहेको प्रदेश नं २ को पर्सा जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । पर्सा जिल्लामा मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बुधबार हुने मनोनयनका लागि सबै स्थानीय तहले तयारी गरिसकेको जानकारी दिए । उनका अनुसार मतदानका लागि आवश्यक सबै सामाग्री पनि स्थानी तहमा पुगिसेको र निर्वाचनको ५ दिन अगाडि मतदान केन्द्रहरुमा पुर्याइने छ ।

पर्सा जिल्लामा वीरगञ्ज महानगरसहित १४ स्थानीय तह रहेका छन् भने १६७ मतदात स्थल र ३४४ मतदान केन्द्र रहेका छन् । पर्सामा २ लाख ८० हजार २१२ मतदाता रहेका छन्् । जसमध्ये वीरगन्ज महानगरमा मात्रै १ लाख ८ हजार ५०१ मतदाता छन् ।

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका पर्सा जिल्लाको वीरगन्जमा राजपा बाहेक अन्य दलले उमेदवार टुंग्याएर प्रचारमा जुटेका छन् । अन्य स्थानीय तहमा पनि अधिकांस उमेदावर टुंगो लगाएर पार्टी प्रचारमा जुटेका छन् । यद्यपी माओवादी र कांग्रेसले आफ्ना उमेदावरको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । कांग्रेसले पनि वीरगन्जको उपमेयर बाहेक अन्य अधिकांश तहमा उमेदवारी टुंग्याएर प्रचारमा जुटेको जानकारी दिएको छ ।

पार्टी केन्द्रीय कमिटीले औपचारिक घोषण गर्न बाँकी भएपनि एमाले पर्सा जिल्ला कमिटीले सबै स्थानीय तहका उमेदवार टुंग्याइसकेको छ । महानगरपालिकाको स्थायी कमिटीले टुग्गो लगाउने तथा नगरपालिका र गाउँपालिकाको प्रदेश कमिटीले उमेदवारको अन्तिम नाम टुंग्याउने गरेको छ । एमालेले आज (मंगलबार) दुई नम्बर प्रदेशका उमेदवारको नामावली केन्द्रबाट सार्वजनिक गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

माओवादीका जिल्ला नेता बाबुराम कौसिकले मंगलबारसम्म उमेदवार टुंग्याउने जानकारी दिए । यद्यपी पार्टीको चुनावी प्रचार चलिरहेको उनको भनाइ छ । यता राजपाले वीरगन्ज बाहेक अन्य १३ तहका उमेदवार टुंगाएर प्रचारमा जुटेको जानकारी दिएको छ । संघीय समाजवादी फोरम पनि सबै तहमा उमेदवार टुंग्याएर प्रचारमा जुटेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार