• होमपेज
  • समाचार
  • नेताका आसोपासेलाई टिकट दिएको भन्दै राजपाका ९ सांसदद्धारा राजीनामाको चेतावनी

नेताका आसोपासेलाई टिकट दिएको भन्दै राजपाका ९ सांसदद्धारा राजीनामाको चेतावनी

  • मङ्लबार, भदौ २०, २०७४
नेताका आसोपासेलाई टिकट दिएको भन्दै राजपाका ९ सांसदद्धारा राजीनामाको चेतावनी

काठमाडौं, भदौ २० –

प्रदेश नम्बर २ को स्थानीय चुनावमा उम्मेदवार चयन गर्दा मनोमानी गरेको भन्दै राष्ट्रिय जनता पार्टीका नौ सांसदले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । विभिन्न ६ वटा घटक मिलाएर बनाइएको राजपामा ६ वटै गुटबाट चुनावमा उम्मेदवार आकांक्षी बढेपछि राजपाका नेताहरुले आ–आफ्ना आफन्त र नातेदार खोजेर टिकट दिएको उनीहरुले आरोप लगाएका छन् ।

पार्टीको जनाधार कमजोर हुँदै गएको संवेदनशील अवस्थामा पनि राजपा अध्यक्ष मण्डलका नेताहरुले आफन्त खोजेर टिकट दिएको वताउँदै उनीहरुले निर्णय प्रक्रिया नसच्याए सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका हुन् । ‘आफ्ना आसेपासेलाई टिकट दिने र कार्यकर्तालाई बेवास्ता गर्ने हो भने हामी सांसद पदबाट राजीनामा दिन्छौं’ राजपाका एक सांसदले भने, ‘आन्दोलनका बेला कार्यकर्ता चाहिने टिकट दिनेबेला भाइभतिजा र नातेदार खोजेर दिने हो भने पार्टी रहंदैन ।’

मंगलवार विहान १० बजे बस्ने राजपा बैठक अगाडि उनीहरुले अध्यक्ष मण्डलका अध्यक्षहरुलाई भेटेर राजीनामाको चेतावनी दिएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार