• होमपेज
  • समाचार
  • आमा र बुबाले अलपत्र छाडेर गएका बालबालिका आफन्तका जिम्मामा

आमा र बुबाले अलपत्र छाडेर गएका बालबालिका आफन्तका जिम्मामा

  • मङ्लबार, भदौ २०, २०७४
आमा र बुबाले अलपत्र छाडेर गएका बालबालिका आफन्तका जिम्मामा

अर्घाखाँची,भदौ २० –

तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ ।

सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका थिए । – रासस

Facebook Comments

सम्बन्धित समाचार