• होमपेज
  • समाचार
  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

  • मङ्लबार, भदौ २०, २०७४
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं, भदौ २० –

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम जाने आउने गाडी रोकिएका छन् । मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा पोखरा, चितवन लगायत यो मार्ग हुँदै पूर्व पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन् । पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ । सामान्य झरी पर्दा पनि पहिरो खस्ने र साँघुरो सडकमा गाडीको चाप धेरै हुँदा हरेक दिन यात्रु घण्टौँ जाममा बस्न बाध्य भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार