• होमपेज
  • समाचार
  • पर्साका १४ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार,कहाँ को ?

पर्साका १४ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार,कहाँ को ?

  • सोमवार, भदौ १९, २०७४
पर्साका १४ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार,कहाँ को ?

वीरगञ्ज,भदौं १९-

नेकपा एमालेले पर्साका १४ वटै स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ। एमाले स्थायी कमिटीको बैठकले आइतबार पर्साका ३ नगरपालिका र १० गाउँपालिकाका उम्मेदवार टुङ्गो लगाएको एमालेका पर्सा जिल्ला संयोजक प्रभु हजराले जानकारी दिए। एमालेले पोखरिया नगरपालिकाको प्रमुखमा बृजेश चौहान र उपप्रमुखमा मिना देवी, बहुदरमाई नगरपालिकाको प्रमुखमा प्रमोदप्रसाद कुशवाह र उपप्रमुखमा सरस्वती देवी साह तथा पर्सागढी नगरपालिकाको प्रमुखमा हृदयनारायण साह र उपप्रमुखमा सरस्वती भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेले शनिबार नै वीरगन्ज महानगरपालिकाको प्रमुखमा बसुरुदिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो।

यसैगरी जिराभवानी गाउँपालिकाको अध्यक्षमा रामप्रीत महतो थारु, धोबनी गाउँपालिकाको अध्यक्षमा इस्लाम मिया तेली, छिपहरमाइ गाउँपालिकाको अध्यक्षमा रन्जित गुप्ता, जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा वसुदेब राम, पटेर्बा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरीलाई चयन गरेको छ। त्यस्तै सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा निरराज गिरि,पकाहा मैनपुर गाउँपालिका अध्यक्षमा मदन पासवान, कालिका गाउँपालिका अध्यक्षमा कृष्णमोहन तिवारी र विद्यबासिनी गाउँपालिका अधयक्षमा गौरीशंकर साहलाई एमालेले उम्मेदवार बनाएको छ।

यस्तै ठोरी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार नै टुंगो लागेको छ। गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रदेश नम्बर २ का सदस्य घनश्याम महतले जानकारी दिए। एमालेले ठोरी गाउँपालिकाको १ को वडा अध्यक्षमा मीनबहादुर गुरुङ, २ मा नरबहादुर क्षेत्री, ३ मा शम्भु खड्का, ४ मा सागर दोङ तामाङ र ५ मा रामबहादुर पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको महतले जानकारी दिए।

एमालेले ठोरी गाउँपालिका ४ विजयवस्तीमा पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई एकै ठाउँमा भेला गराई अन्तर्क्रिया पनि गरेको छ। भेलामा निर्वाचनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, रणनीति लगायतका बारेमा समेत छलफल भएको उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार