• होमपेज
  • समाचार
  • चितवनमा सुपथ मूल्य पसल सञ्चालनमा

चितवनमा सुपथ मूल्य पसल सञ्चालनमा

  • आइतवार, भदौ १८, २०७४
चितवनमा  सुपथ मूल्य पसल सञ्चालनमा

नारायण ढुङ्गाना
चितवन,भदौ १८ –

दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै बिक्री हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

उक्त पसलमा चिनी रु ७७.५० छ भने नून रु १८ प्रतिकिलो छ । बाहिर बजारमा भने चिनी रु ८५ र नून रु २० मा बिक्री हुने गरेको छ ।

विगत वर्षमा सामान्य मात्रै फरक भए पनि यसपाली मूल्यमा निकै फरक रहेको भन्दै उहाँले सुपथ पसलमा ग्राहको संख्या बढ्ने आशा व्यक्त गर्नुभयो ।
साल्ट ट्रेडिङमा स्टक सामान पर्याप्त रहेकाले चाडबाडका कुनै पनि ग्राहक फर्किनु नपर्ने जनाइएको छ । सरकारले दिएको निर्देशनअनुसार पसल शुरु गरिएको भन्दै यसले सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

गत वर्ष सुपथ पसलबाट रु ५६ लाखको बिक्री भएको थियो । यो वर्ष करिव रु एक करोड बराबरको सामान बिक्री हुने अनुमान छ । विगतका वर्षमा घुम्ती पसल सञ्चालन गरिएकाले गाउँगाउँका सर्वसाधारणलाई समेत राहत मिलेकामा यसपटक भने उक्त कार्यक्रम नहुँदा ग्रामीण भेगका सर्वसाधारण बजारको महँगो मूल्यमा सामान किन्ने अवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार