• होमपेज
  • समाचार
  • पूर्वप्रधानमन्त्री डा. केआइसिंहका छोरा एमालेमा प्रवेश

पूर्वप्रधानमन्त्री डा. केआइसिंहका छोरा एमालेमा प्रवेश

  • आइतवार, भदौ १८, २०७४
पूर्वप्रधानमन्त्री डा. केआइसिंहका छोरा एमालेमा प्रवेश

काठमाडौं,भदौं १८ –

पूर्व प्रधानमन्त्री तथा सिंहदरवार कब्जा काण्डका कमाण्डर डा.केआइसिंहका छोरा पूर्व सांसद यज्ञजीत शाह एमाले प्रवेश गरेका छन् । २०५६ सालमा रुपन्देही ५ बाट सद्भावना पार्टीको सांसद निर्वाचित भएका शाह एक कार्यक्रमबीच एमाले प्रवेश गरेका हुन् ।

सोही समारोहमा एकल महिलाको अधिकारका लागि स्थापित मानवअधिकार लागि लागि महिला सन्जालकी संस्थापक अध्यक्ष लिली थापा पनि एमाले प्रवेश गरेकी छन् ।उनीहरु दुबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

मधेशवादी पार्टीले मधेश मुद्दालाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेकाले आफू एमाले प्रवेश गरेका पूर्व सांसद शाहले बताए ।

Facebook Comments

सम्बन्धित समाचार