• होमपेज
  • समाचार
  • आइतबार सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनचाँदीको भाउ बढ्यो

  • आइतवार, भदौ १८, २०७४
आइतबार  सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, भदौ १८ –

यो महिनाको सुरुदेखि नै उकालो लागेको सुनचाँदीको भाउ आइतबार पनि बढेको छ । सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेर ५६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । सुनमा लगानी गर्नेको संख्या बढेकाले महँगो भएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा लगानी गर्नेको संख्या बढ्छ ।

Facebook Comments

सम्बन्धित समाचार