• होमपेज
  • समाचार
  • महोत्तरीमा एमालेबाट १४ तहमा उम्मेदवार टुंगो लाग्यो

महोत्तरीमा एमालेबाट १४ तहमा उम्मेदवार टुंगो लाग्यो

  • शनिबार, भदौ १७, २०७४
महोत्तरीमा एमालेबाट १४ तहमा उम्मेदवार टुंगो लाग्यो

गौशाला, भदौ १७–

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ ।

एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेद्वार हुनुहुनेछ ।

त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार रहनुहुनेछ ।

मटिहानी नगरपालिकामा मुजिम राइन प्रमुख र गुलावदेवी मण्डल उपप्रमुख, लोहारपट्टि नगरपालिकामा बदरुल हक कवारी प्रमुख र शोभा झा उपप्रमुख तथा बलवा नगरपालिकामा मन्सुल कबारी प्रमुख र लालोदेवी मण्डल उपप्रमुखका उम्मेदवार रहने टुंगो लागेको छ ।

पार्टीले गाउँपालिकातर्फ पिपरा अध्यक्षमा विक्रम चौधरी र उपाध्यक्षमा राधादेवी साह, सोनमा अध्यक्षमा रामदुलार यादव र उपाध्यक्षमा राधादेवी यादव, महोत्तरी अध्यक्षमा जीतेन्द्र पासवान र उपाध्यक्षमा गुलशन खातुन तथा सम्सी अध्यक्षमा मीनाक्षीकुमारी साह र उपाध्यक्षमा शेष इद्रिशलाई उम्मेदवार बनाउने छ ।

बाँकी रहेको एक मात्र एकडारा गाउँपालिका अध्यक्षमा सो पार्टीले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसके पनि उपाध्यक्षमा ममतादेवी मण्डलको नाम सार्वजनिक गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा