• होमपेज
  • समाचार
  • डोल्पाको चामल २ वर्षदेखि काठमाडौंमा, स्थानीय भोकै

डोल्पाको चामल २ वर्षदेखि काठमाडौंमा, स्थानीय भोकै

  • शनिबार, भदौ १७, २०७४
डोल्पाको चामल २ वर्षदेखि काठमाडौंमा, स्थानीय भोकै

काठमाडौं,भदौ. १७-

जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् ।

उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२–७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडौंकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सार दर बढाएपछि खाद्यान्न ढुवानी गर्न नसकेको ठेकेदार रोकाको भनाइ छ । ‘

‘केरुङ नाकामा भन्सार दर बढाइएको छ, त्यसकारण खाद्यान्न ढुवानी गर्न सकिएन,’ रोक्काले भने । उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै खाद्यान्न पुर्याइन्छ । रसुवाको केरुङ नाकाबाट तिब्बत प्रवेश गरी ट्रकले उपल्लो डोल्पाको सीमासम्म खाद्यान्न पुर्याउँछन् । त्यहाँबाट खच्चरमार्फत नेपालतर्फ खाद्यान्न ढुवानी हुन्छ । सरकारले त्यहाँ वर्षको एकपटक मात्र खाद्यान्न पुर्याउने गरेको थियो ।

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्य संकट हुन्छ । खाद्य संकट हुन नदिन सरकारले पठाएको सहुलियतको खाद्यान्न काठमाडौंमै थन्किँदा स्थानीय मारमा परेको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा