• होमपेज
  • समाचार
  • भारतबाट फेरी अर्को गैंडाको उद्धार

भारतबाट फेरी अर्को गैंडाको उद्धार

  • शुक्रबार, भदौ १६, २०७४
भारतबाट फेरी अर्को गैंडाको उद्धार

चितवन, भदौं १६–

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मीकि टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ ।

आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहनुभएका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपु¥याइने र शनिबार बिहान निकुञ्जमा छाडिने अर्यालले जानकारी दिनुभयो । यो सँगै भारतबाट उद्धार गरिएको यो सातौं गैंडा हो ।

Facebook Comments

सम्बन्धित समाचार