सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक,नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। […]