राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथाम कोषमा डेढ करोड
राष्ट्रिय वाणिज्य बैंकले कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा डेढ करोड सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम हालेको हो। बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता १९६०००००११०१ मा सो रकम जम्मा गरिएको जनाएको छ। लकडाउनमा समेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान […]