• होमपेज
  • वाणिज्य बैंक
  • ललितपुरको खोकनामा एनबी बैंकको शाखा

ललितपुरको खोकनामा एनबी बैंकको शाखा

  • बिहिबार, भदौ २६, २०७६
ललितपुरको खोकनामा एनबी बैंकको शाखा

नेपाल बङ्गलादेश बैंक लिमिटेडले ९५औं शाखा ललितपुरको खोकनामा सञ्चालनमा ल्याएको छ। बैंकले आज नयाँ शाखा उद्घाटन गरी औपचारिक कारोबार सुरु गरेको हो।

उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालले गरेकी हुन्। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए। बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा विस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटीएमबाट बैंकिङ सेवा दिनेछ।

Facebook Comments

सम्बन्धित समाचार