नेपाली एटिएमबाट ५चिनियाँ ह्याकरले लुटेको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकले भिसाबाट फिर्ता पाएको छ। ह्याकरहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एटिएम बुथ प्रयोग गरी झिकेको उक्त रकम शोधभर्ना स्वरुप पाएको बैंकले बताएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले भिसा नेटवर्कको प्रविधी चल्ने कार्ड हो । ती चिनियाँ ह्याकरले नेपाल इन्भेष्टमेन्ट बैंकको मेसिन प्रयोग गरेर झिकेको पैसा भिसाले उपलब्ध गराएको छ ।
बैंकबाट ह्याकरहरुले ५० लाख रुपैयाँ झिकेको र सो रकम भिसाले सतप्रतिशत फिर्ता गरिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले आर्थिक बजार न्यूज डटकमसंग भने ।
५ चिनीयाँ ह्याकरहरुले लेटेष्ट प्रविधिको प्रयोग गरी नेप्स र भिसाको सम्पर्क हुने बीचमा बसेर पैसा बैंकको एटिएमबाट लिकालेको अनुसन्धानले बताएको छ । जसले गर्दा ह्याकरद्वारा चोरीएको रकमको शोधभर्ना दिनु पहिलो दायित्व भिसाको भएको कारण भिषाले नेपाल इन्भेष्टमेण्ट बैंकलाई उक्त रकम दिएको हो ।