• होमपेज
  • मनोरञ्जन
  • उत्कृष्ट पाँच सर्जकलाई सम्मान

उत्कृष्ट पाँच सर्जकलाई सम्मान

सगरमाथा म्युजिक अवार्ड २०७६

  • सोमवार, भदौ १६, २०७६
उत्कृष्ट पाँच सर्जकलाई सम्मान

काठमाडौं दोस्रो ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको छ ।

बसुन्धराको यति इभेन्टसमा नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दको प्रमुख आतिथ्यतामा उत्कृष्ट पाँचका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, डब्बु क्षेत्री, चलचित्र निर्देशक रमेश थापा, गायक तथा आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल र चलचित्र पत्रकार संघकी उपाध्यक्ष गिता अधिकारीको आतिथ्यता रहेको थियो । समारोहमा ४२ विधाका २ सय १० नोमिनिजलाई प्रमाणपत्र र मेडल वितरण गरियो ।

सगरमाथा म्युजिक अवार्ड रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको हो । आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार अवार्ड कार्यक्रम आगामी असोज ९ गते आयोजना हुने छ ।

अवार्ड समारोहमा सङ्गीत पत्रकारिताको माध्यमबाट यस क्षेत्रको विकाश र विस्तारका लागि क्रियाशील ६ जना रङ्ग पत्रकारहरु समेत ‘सगरमाथा रंग पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । यस वर्ष शान्तिप्रियलाई रंग पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने राज श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, विजय आवाज, कुवेर डंगोललाई रंग

पत्रकारिता  सम्मान र मनीष दाहाललाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा