• होमपेज
  • ब्रेक्इङ न्युज
  • देव विकास बैंक हिनामिनामा थप १० जना पक्राउ

देव विकास बैंक हिनामिनामा थप १० जना पक्राउ

  • सोमवार, भदौ १६, २०७६
देव विकास बैंक हिनामिनामा थप १० जना पक्राउ

देव विकास बैंकको १७ करोड भन्दा बढी रकम हिनामिना भएको काण्डमा संलग्नाताको आशंकामा प्रहरी उज्जवल आचार्य सहित थप १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न भएका दाङ शाखाका बैंक म्यानेजर पक्राउ परेका घोराही वडा नं. १५ भरतपुरका २९ वर्षीय समीर बुढाथोकीको बयानका आधारमा थप दस जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
नक्कली ऋणी खडा गरेर बैंकको रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको देखिन्छ।

मेनेजर सुरज बुढाथोकीकै बयानको आधारमा प्रहरीले उज्जवल आचार्य सहित थप १० जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घोराही(१० का ४७ वर्षीय वसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ वर्षीय झगबहादुर डिसी, ३७ वर्षीय उज्वल आचार्य, ५४ वर्षीय सतकुमार पौडेल, घोराही(८ का ४३ वर्षीय वसन्त बुढाथोकी, घोराही(१४ की २४ वर्षीया बन्धना गुप्ता, घोराही(१५ का ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, घोराही(१० का ४५ वर्षीय सक्टुराम गुप्ता र घोराही उपमहानगरपालिका वडा नं। १४ का ३१ वर्षीय विजयकुमार गुप्तालाई भिन्न मितिमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पत्रकार आचार्य सहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए ।

पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त भएको गौतमले जानकारी दिए। गौतमले पक्राउ परेका प्रबन्धको बयानका आधारमा बैंकको १८ करोड घोटाला काण्डमा अन्यको पनि नाम आएको हुँदा उनीहरूको संलग्नता रहेरनरहेको अनुसन्धान गरी पक्राउ गर्दै जाने जानकारी दिए। प्रहरी निरीक्षक गौतमले पछिल्लो समय पक्राउ गरिएका दस

जनाको खातामा १८ करोड मध्यको रकम बैंकबाट ट्रान्सफर भएको देखिएन आएको बताए। गत असारमा वेस्टर्न डेभलपमेन्ट बैंक र देवः विकास बैंक बीच मर्जर भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा