नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १० गतेदेखि १५ गतेसम्म सवारी साधन, पार्ट पूर्जाहरूको प्रदर्शनी गर्न नाडा अटो शो २०१९ गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने उक्त शोमा करिब १६० वटा स्टल र ब्लकहरू रहने भएका छन् । यस प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन लुब्रिकेन्ट, टायर, पार्ट पुर्जामा साथै राष्ट्रिय ब्राण्डका अटो साम्रगी उत्पादक एवं वस्तु सेवा प्रदायकको सहभागितासमेत रहने छ ।
शोमा २३ वटा ब्रान्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे, १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्ट पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाको सहभागिता रहने छ ।
छ दिनसम्म चल्ने नाडा अटो शोमा लगभग ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस वर्ष टिकटको लक्की ड्रमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जीपी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल एक जनालाई उपहार दिने बताइएको छ ।यस प्रदर्शनीमा २ पाङग्रे र चार पाङग्रे वित्तिय संस्था अटो कम्पोनेट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा छुट्टै प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।