• होमपेज
  • समाचार
  • वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंकहरु

वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंकहरु

  • आइतवार, भदौ १, २०७६
वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंकहरु

पछिल्लो समय नेपालका वाणिज्य बैंकहरुमा नाफा कमाउने होडबाजी नै चलेको समयमा सिभिल बैंकको नाफा भने सन्तोजनक देखिएको छैन । ‘समृद्धिका लागि सिभिल बैंक’ सिभिल बैंकको नारा हो, तैपनि बैंकमा समृद्धि नै देखिएको छैन ।

देशको पछिल्लो पुस्ताको कान्छो बैंक मानिदै आएको सिभिल बैंकमा समृद्धि शब्द बैंकको नारामा मात्र सीमित देखिएको छ । वित्तीय विवरणमा भने छैन । बैंकले गत आर्थिक वर्षमा ७६ करोड रुपैयाँ नाफा गरेको छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो ।

पछिल्लो समय स्थापित भएको कान्छो बैंकको हैसियातले यसको वित्तिय विवरण भन्ने हो भने ठिकै मान्न सकिनछ । तर यस वर्ष नेपालमा राष्ट्रिय स्तरका २ विकास बैंकले समेत सिभिल बैंकलाई नाफामा पछाडी पारेका छन् भन्दा अचम्म लाग्छ सक्छ । तर यो सत्य हो ।

नेपालको राष्ट्रिय स्तरको विकास बैंकहरु मुक्तिनाथ विकास बैंकले ८२ करोड १९ लाख र महालक्ष्मी विकास बैंकले ८० करोड नाफा आफनो वित्तिय विवरण प्रकाशित गरी नाफामा वाणिज्य बैंक सिभिल बैंकलाई जितेको हो ।

यसो भन्दै गर्दा सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले आब ०७४।७५ को अडिट नभएको विवरण सार्वजनिक गर्दै यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी भएको जनाएको छ ।

यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा  ३१.७८ प्रतिशतले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह अघिल्लो आ.व.को तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड रुपैयाँ भएको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ छ । आ.व. २०७४/७५को मसान्तसम्म दुईलाख ५० हजारभन्दा बढी ग्राहक रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा