• होमपेज
  • समाचार
  • कुमारी बैंकको मुनाफामा २८ प्रतिशतले वृद्धि

कुमारी बैंकको मुनाफामा २८ प्रतिशतले वृद्धि

  • सोमवार, साउन २०, २०७६
कुमारी बैंकको मुनाफामा २८ प्रतिशतले वृद्धि

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा २८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ ९७ करोड ७४ लाख रुपैयाँ, प्रिमियम ५ करोड ४८ लाख रुपैयाँ र जगेडा २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ छुटाएको छ ।

कुमारी बैंकले निक्षेपमा ७३ अर्ब २० करोड १३ लाख रुपैयाँ संकलन गरी कर्जा ७३ अर्ब १२ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले निक्षेपमा २३ दशमलव ७२ प्रतिशतले र कर्जामा २१ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ५७ प्रतिशतले बढेर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२ दशमलव ६२ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।

कुमारी बैंकको निष्कृय कर्जा शून्य दशमलव ९७ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ०७ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव ३६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ र तरलता अनुपात २३ दशमलव १७ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने