• होमपेज
  • समाचार
  • मुक्तिनाथ बैंकको एकै साथ छ शाखा सञ्चालनमा

मुक्तिनाथ बैंकको एकै साथ छ शाखा सञ्चालनमा

  • आइतवार, असार २२, २०७६
मुक्तिनाथ बैंकको एकै साथ छ शाखा सञ्चालनमा

आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाकोबाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ ।

टोखा शाखाको समुद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नु भएको थियो।शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीलेबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए ।

कीर्तिपुर शाखाको समुद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नु भएको थियो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

इमाडोलशाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पन्तले बैंकको प्रगतिको कामना सहित बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए ।

साथै, तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि भुसालले बैंकको प्रगतिको कामना सहित बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए ।

समुद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार