• होमपेज
  • समाचार
  • भरतपुरमा देवः विकास बैंक

भरतपुरमा देवः विकास बैंक

  • शुक्रबार, असार ६, २०७६
भरतपुरमा देवः विकास बैंक

देवः विकास बैंकले भरतपुरमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका, वडा नं १० स्थित भरतपुरमा संचालनमा आएको भरतपुर शाखा कार्यालयको शुक्रबार आयोजित एक औपचारिक समारोह बीच बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गूले उद्घाटन गरेको हो ।

कार्यक्रममा आप्mनो मन्तव्य राख्नु हुँदै अवकाश प्राप्त उपरथी  बज्र गरुङ्गले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए ।

सेवाग्राहीहरुलाई सहज र सुरक्षित बैकिङ्घ सेवा प्रदान गर्न बैकले देशको सातै प्रदेशको ५९ स्थानमा आप्mनो उपस्थिति जनाइसकेको बताएको छ । भने सातै प्रदेशको ग्रामीण क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिइने जानकारी गराए ।

उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरु लाई स्वागत गरेका थिए ।

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पादै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए ।

कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष, अरुण विनीत भण्डारीले देवः विकास बैंक लि., भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साथै, यस क्षेत्रको आर्थिक गतिविधि बढाउन वडाको सहयोग र सहकार्य रहने बताए । सोही कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहन लाल प्रधानले चितवन जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न व्याजदरमा ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा त्यस क्षेत्रमा रहेका बैंकका पुर्व संचालकहरु, बैंकका संस्थापक समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार