• होमपेज
  • बीमा
  • ज्योति लाईफ इन्स्योरेन्सले गर्यो अस्पतालसँग सम्झौता

ज्योति लाईफ इन्स्योरेन्सले गर्यो अस्पतालसँग सम्झौता

  • मङ्लबार, जेष्ठ २१, २०७६
ज्योति लाईफ इन्स्योरेन्सले गर्यो अस्पतालसँग सम्झौता

ज्योति लाईफ इन्स्योरेन्सले  धनगढी कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेज संग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै सम्झौता सम्पन्न गरेको छ ।

सम्झौता पश्चात कम्पनीसंग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका महानुभावहरु लाभान्वित हुने कम्पनीले जनाएको  छ । उक्त अलग अलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख  प्रकाश बिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा। मोहन साउदले हस्ताक्षर गरेका थिए । त्यस्तै चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक  प्रताप देवकोटाले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार