टुटल र पठाओलाई अब पुरानो कर नलाग्ने भएको छ ।
भ्याटमा दर्ता नगरी मोटरसाइकलमा राइडिङ सेवा दिने कम्पनी टुटल र पठाओले भ्याट उठाएका थिए । भ्याटमा दर्ता नगरी भ्याट उठाएको भन्दै कर कार्यालयले टुटललाई ३ करोड र पठाओलाई ३० लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।
अर्थमन्त्रीले बजेटसँगै पेश गरेको आर्थिक विधेयकमा नवितम सोच,सीप,उद्यमशिलता प्रविधिको प्रयोग गरेर सुरु भएको स्टार्टअपलाई कर सहुलियत दिने उल्लेख छ ।
२०७६ साल पुस मसान्तसम्ममा प्यान लिएर भ्याटमा दर्ता गरेमा २०७५/७६ सालसम्मको कर मिनाह गरिने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
आर्थिक विधेयकको यो व्यवस्थाले टुटल र पठओले कर तिर्नु पर्दैन ।