• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम

ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम

  • सोमवार, फाल्गुन १३, २०७५
ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।काठमाडौंको बसुन्धारा स्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरुको उपस्थित रहेका थियो ।

उक्त कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो ।

बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार