• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

  • बिहिबार, माघ १७, २०७५
गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

गरिमा विकास बैंक लिमिटेडले माघ १६ गते बुधबारदेखि काठमाण्डौंको नयाँ बानेश्वरमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।

नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन ।

यस विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै बैंकले गत वर्षको तुलनामा ५४.८१ प्रतिशतले वृद्धि गरी ४३ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफामा आर्जन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार