• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगा बैंकको साधारणसभा सम्पन्न

मेगा बैंकको साधारणसभा सम्पन्न

  • सोमवार, पुस ३०, २०७५
मेगा बैंकको साधारणसभा सम्पन्न

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित ७.८५ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा सोमबार सम्पन्न मेगा बैंकको आठौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैसा नगद लाभांश पारित गरेको हो ।

यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर पनि साधारण सभाले पारित गरेको छ ।

यसैगरी, साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो ।

छोटो समयमै मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गौरव लागेको भन्दै अध्यक्ष शाहले वैदेशिक रणनीतिक साझेदार ल्याउने विषयमा बैंकले छलफललाई अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

साधारणसभापछि बैंकका अध्यक्ष शाहले भन्नुभयो– ‘हामीले मेगा बैंकलाई संघियताको ढाँचामा लगिसकेका छौँ । सोही अनुरुप बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएका छौँ । केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ । मेगा बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज गर्न तथा एक्विजिसनका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको पछिल्लो मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न साधारण सभाले अनुमति दिएको छ । ‘हलोदेखि हाइड्रोसम्म’का जनताको पहुँचमा बैंकको सञ्जाललाई विस्तार गर्न मर्जरको ढोका पनि खुल्ला राखिएको अध्यक्ष शाहले बताउनुभयो । मेगा बैंकमा गतबर्षमात्रै टुरिजम डेभलपमेन्ट बैंक र त्यसअघि पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

टुरिजमसँगको मर्जरपछि मेगा बैंक पुँजीका हिसाबले देशकै दोस्रो ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । आर्थिक बर्ष २०७४÷७५ को बोनस शेयर बाँडफाँडपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैँया पुग्ने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ३ अर्ब १५ करोड रुपैँयाले बृद्धि भई ६६ अर्ब १२ करोड रुपैँया पुगेको छ । यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपैँयाले बृद्धि भई ६२ अर्ब २५ करोड रुपैँया पुगेको छ । गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)