• होमपेज
  • बीमा
  • सानिमा इन्स्योरेन्सको नेपालगञ्ज शाखा उद्घाटन

सानिमा इन्स्योरेन्सको नेपालगञ्ज शाखा उद्घाटन

  • बिहिबार, पुस २६, २०७५
सानिमा इन्स्योरेन्सको नेपालगञ्ज शाखा उद्घाटन

सानिमा इन्स्योरेन्स कम्पनी लि, नेपालगञ्ज शाखाको उद्घाटन कम्पनीका संचालक खेम राज लामिछाने तथा बिशेष अतिथी नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव अजय टण्डन को उपस्थितीमा नेपालगञ्ज उप महानगरपालिका का मेयर डा. धवल शम्शेर राणा बाट गरेको छ ।

नेपालगञ्ज तथा बाँके जिल्लाभर सर्बसुलभ बीमा सेवा पु¥याउने उद्देश्यले यस शाखा संचालनमा आएको बताइएको छ । साथै दावी पछिको सेवा समेत छिटो छरितो रुपमा दिने प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीवाट सेवा प्रधान गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार