• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकको सहकार्यमा मोरङको मुसहर बस्तिमा कम्बल वितरण

जनता बैंकको सहकार्यमा मोरङको मुसहर बस्तिमा कम्बल वितरण

  • बुधबार, पुस १८, २०७५
जनता बैंकको सहकार्यमा मोरङको मुसहर बस्तिमा कम्बल वितरण

जनता बैंक नेपाल लिमिटेडले बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । सो कार्यक्रम निजामतीकर्मचारी श्रीमती संघको सहकार्यमा गरिएको थियो ।

बैंकको प्रतिनिधि, निजामतीकर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिकावडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरणगरिएको थियो ।

विपन्न बर्गकामुसहर समुदायको बाहुल्यता रहेको उक्तक्षेत्रकाबस्तिको १५० परिबारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तिका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो ।

 

Facebook Comments

सम्बन्धित समाचार