• होमपेज
  • बीमा
  • रिलायन्स लाइफको सात स्थानमा शाखा विस्तार

रिलायन्स लाइफको सात स्थानमा शाखा विस्तार

  • मङ्लबार, पुस १७, २०७५
रिलायन्स लाइफको सात स्थानमा शाखा विस्तार

रिलायन्स लाइफ इन्स्योरेन्सले देशका सात स्थानमा आफ्नो शाखा विस्तार गरेकाे छ । इन्स्योरेन्सले वीरगञ्ज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवल गरी सात वटा शाखा कार्यालयहरु विस्तार गरेकाे हाे ।

बीरगंज शाखाको कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगञ्ज महानगरपालिका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली सहितको उपस्थितिमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहन लाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले उद्घाटन गरेका हुन् ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलको उपस्थितिमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप(प्रमुख सीता न्यौपाने, तुलसीपुर शाखाको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेश न ५ का सामाजिक विकास मन्त्रीसुदर्शन बराल उद्घाटन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार