• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैंक लिमिटेडको २ शाखारहित बैंकिङ्ग सेवा

सनराइज बैंक लिमिटेडको २ शाखारहित बैंकिङ्ग सेवा

  • आइतवार, पुस १५, २०७५
सनराइज बैंक लिमिटेडको २ शाखारहित बैंकिङ्ग सेवा

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १८, धरमपुरमा शुरू गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नं. १० का वडा सदस्य छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले एक समारोहका बीच मानेदोभानमा २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् । भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्र कुमार गुप्ता र बैंकका प्रदेश नं.५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार