ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बितरण तथा प्रवर्द्धन बिभाग प्रमुख खरबिन्द ढकाल तथा हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुती राणाले हस्ताक्षर गरे।
समझौतापछि बैंकका ग्राहकहरुले हस्पिटलका उपचारमा १५ प्रतिशतसम्म छुट पाउने छन्।
बैकका अनुसार डेविट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालका उपचार सेवामा छुट लिन सक्नेछन्।