• होमपेज
  • Hot news
  • मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

  • मङ्लबार, पुस १०, २०७५
मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

सुवास गौतम  ।  दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गर्नुभएको छ ।

“विसं २०१७ देखि बाबु बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको ढुङ्गा खानीलाई विसं २०७० देखि उद्योगका रुपमा विकास गरेको हुँ”, विश्वकर्माले भन्नुभयो, “समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिच्छाउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ ।”

पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको विश्कर्माको भनाइ छ । विश्वकर्माले हाल ताराखोलामा ‘धौलागिरि एसटिएम ढुङ्गा उद्योग तथा इन्भेष्टमेण्ट कम्पनी’ दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका टायल, मार्बललगायतका वस्तुको कारोवार गर्दै आउनुभएको छ ।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा ९स्लेट० विकल्प बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ ।

ताराखोलामा उत्पादन भएको ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । उद्योगबाट उत्पादन भएको ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको धनबहादुरले बताउनुभयो । उहाँले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको छ । “ढुङ्गाको निकै माग आउने गरेको छ”, विश्वकर्माले भन्नुभयो, “कहिलेकाहीँ मागअनुसार उत्पादन गर्नै सकिँदैन ।” उहाँको आफ्नै पाखो बारीमा ढुङ्गाको खानी रहेको छ ।

उहाँको आधिकारिकरुपमा दर्ता भएको ताराखोलामा एक मात्र ढुङ्गा उद्योग हो । विश्वकर्माले ढुङ्गाको एक वर्गफिटको रु चार तथा निकासी कर गाउँपालिकालाई तिर्दै आउनुभएको छ भने नेपाल सरकारलाई भ्याट तथा खानी तथा भूगर्भ विभागलाई वर्षको रु एक लाख ५० हजार रकम तिर्दै आएको बताउनुहुन्छ ।

सबै खर्च कटाएर कूल आम्दानीको १२ प्रतिशत नाफा हुने विश्वकर्माको भनाइ छ । विश्वकर्माले उद्योगमा स्काभेटर, ढुङ्गा निकाल्ने मेशिन तथा विद्युतीय सामग्रीको सहायताले ढुङ्गा निकाल्दै आउनुभएको छ । ताराखोलाका स्थानीय खानी तथा उद्योगलाई केन्द्रीय विद्युत् आवश्यक भए पनि स्थानीय उत्पादित विद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने विश्वकर्माको गुनासो छ ।

ससाना ढुङ्गा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको घर्तीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि